Search
Close this search box.

राक्सिराङको बजेट खर्च ७९ दशमलव ७४ प्रतिशत

हेटौँडा–मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७९ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको छ । चालु वर्षको कारोबार हुने अन्तिम मिति हिजो असार २५ गते बुधबारसम्म ४७ करोड ५० लाख ३५ हजार रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले चालु वर्षको लागि कुल ५९ करोड ५७ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । राक्सिराङले विनियोजन गरेको चालु खर्चतर्फ ८१ दशमलव ०९ र पुँजीगततर्फ ७७ दशमलव ५२ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिए । चालुतर्फ ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३० करोड ११ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ २२ करोड ४२ लाख ७० हजार छुट्याइएकोमा १७ करोड ३८ लाख ४५ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan