हेटाैँडा- मकवानपुरकाे थाहा नगरपालिका ४ स्थित जिराेथुममा सडेकाे अवस्थामा एक पुरुषकाे शव फेला परेकाे छ । बिहीबार दिउँसाे जगरघारी जङ्गलमा फेला परेकाे शवकाे पहिचान भएकाे छैन ।
शव देखिएकाे भनी स्थानीयले जानकारी गराएपछि सिमभन्ज्याङ प्रहरी चाैकीबाट खटिएकाे प्रहरीले शवकाे मुचुल्का उठाई अनुसन्धान अघि बढाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घटनास्थलदेखि ५/७ मिटर टाढा निलो ट्याक, कालो कट्टु, सेतो धर्के सट फेला परेको र घटनास्थल देखी २००/३०० सय मिटर टाढा चप्पल समेत भेटिएको प्रहरीले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

