Search
Close this search box.

ईन्द्रसराेबरमा सडकमाथिबाट ढुङ्गाले लाग्दा मजदुर घाइते

हेटाैँडा-मकवानपुरकाे ईन्द्रसराेबर गाउँपालिका-४ मा सडकमाथिबाट आएकाे ढुङ्गा लागी सडक नालीकाे काम गर्ने एक मजदुर घाइते भएका छन् ।  आज बिहान करिब सवा ८ बजेकाे समयमा नालीकाे काम गरिरहेका खोटाङ जिल्ला लामिडाँडाँ घर भएका अन्दाजी २० वर्षीय केशव मगरलाई ढुङ्गाले टाउकाे र ढाडमा लागि गम्भीर घाइते भएका हुन् ।

भीरबाट सुख्खा पहिरो झर्दा ढुङ्गाले टाउको र ढाडमा चोट लागि बाेल्न नसक्ने अवस्थामा घाइते भएका मगरलाई उद्धार गरी उपचारकाे लागि काठमाडाैँ पठाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan