Search
Close this search box.

सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा किशोर डुबेर बेपत्ता

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुने किशोर काठमाण्डौ माईतीघरमा बसोबास गर्दै आएका करिब १८ वर्षीय प्रणय गुप्ता रहेका छन् । उनी बाराको कलैया उपमहानगरपालिका–१ स्थायी निवासी सुरेशचन्द्र हुन् ।

शनिबार दिउँसो करिब ४:३० बजेकाे समयमा साथीहरूकाे समूहसहित मार्खु घुम्न गएका प्रणय सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटना भएको खबर उनका साथीसँगै आएका व्यक्तिहरूबाट प्राप्त भएपछि इलाका प्रहरी चौकी मार्खु, पालुङ र चित्लाङबाट प्रहरी टोली परिचालन भई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरू मिलेर खोजतलासको प्रयास भइरहे पनि अहिलेसम्म गुप्ता फेला परेका छैनन् । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan