Search
Close this search box.

दूध बेचेर गाउँमा मासिक चार करोड

हेटौंडा– पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका स्थानीयले दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँपालिकाले नै व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै बजारीकरण र समयमै भुक्तानीको सुनिश्चितता गराएसँगै यहाँका किसानहरु उत्साहित बन्दै पशुपालनमा लागेका हुन् ।

दूध बिक्रीबाट बकैया गाउँपालिकाका कृषकले हाल मासिक ४ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिने गरेका छन् । भक्तपुर–५ खरिपाटीमा रहेको शिवपुरी डेरीसँग पालिकाले दश वर्षका लागि दूध बिक्री गर्ने सम्झौता गरेको छ । किसानले उत्पादन गरेको दूध डेरीले सरदर ७२ रुपियाँमा खरिद गर्दै आएको छ । गत वर्षदेखि दैनिक छ हजार लिटर दूध सङ्कलन थालेको पालिकामा अहिले दैनिक सरदर २० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । दैनिक २१ हजार लिटरसम्म पालिकासँग दूध खरिद गर्ने र १५÷१५ दिनमा भुक्तानी गर्नेगरी सम्झौता गरिएको डेरी सञ्चालक विश्वराज खड्काले बताए । शिवपुरी डेरीले पालिका र पालिकाले किसानको खातामा दूधको सिधै भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।

दूध बिक्रीबाट आम्दानी हुन थालेपछि ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकी फेरिएको छ । जीवन निर्वाह गर्न ज्याला, मजदुरीमा भर गर्नुपर्ने अवस्था बिस्तारै घट्दै गएको छ । पालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर विकास गर्न थालेपछि यहाँका किसान व्यवसायीक पशुपालनमा जोडिन थालेका हुन् । बकैया गाउँपालिकाले पशुपालन सम्बन्धी शिविर तालिम, बहुवर्षीय, मौसमी घाँसको बीउ निःशुल्क र साइलेज ९घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशु आहार० मा अनुदान दिएर दूधको भुक्तानी सुनिश्चित गरिदिएपछि दूध विक्री गरेर किसानले आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक रुपमा गाईभैँसी पाल्नेको संख्या पनि बढ्दै गएको छ ।

परम्परागत शैलीमा एकवटा गाई मात्रै पालन गर्दै आएका बकैया–५ पावसका सोमबहादुर माझीको खोरमा केही समयअघिदेखि ६ वटा गाई छ । दैनिक ५५ लिटर भन्दा बढी दूध बिक्री गर्दै आएका माझीले सबै खर्च कटाएर मासिक ६० हजार आम्दानी हुने बताए । खेतीपातीमा मात्रै निर्भर रहेकोमा अहिले पशुपालनबाट दूध बिक्री गरेर आएको आम्दानी बालबच्चाको शिक्षाका साथै दैनिक जीवनयापन गर्न सहज भएको उनले बताए ।

त्यस्तै बकैया–५ तिनतल्लेका फुलराज गोले र भरत घिसिङ लगायतकाले गाई पालन गरेर दूध बिक्री गर्दै राम्रो आम्दानी लिन सफल भएका छन् । १२ वटा वडा रहेको यस पालिकाको ३, ४, ५, ७, ८, ९, १०, ११ र १२ नं. वडामा व्यावसायिक पशुपालन हुँदै आएको छ । यहाँ ९० प्रतिशतले गाई र १० प्रतिशत किसानले भैँसी पालन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।

सहकारीले सञ्चालन गरेका ९ वटा चिस्यान मार्फत दूध सङ्कलन गरेर डेरीमा पठाउने गरिएको छ । शिवपुरी डेरीले मकवानपुरसहित चितवन, सिराहा, नवलपरासी र सप्तरीबाट सम्झौता गरेर दूध खरिदै गर्दै आएको छ । बकैयाको पहिचान कृषिसँग जोड्दै कृषिमार्फत कृषकहरूको जीवनस्तर सुधार्न लागिपरिरहेको गाउँपालिका अध्यक्ष लामिछाने बताउँछन् ।

‘अहिले दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ, अब हाम्रो लक्ष्य दैनिक ५० हजार लिटर पु¥याउने हो, किसानलाई समृद्ध बनाउन पालिकाले हरतवरले सहजीकरण गरिरहेको छ ।’ गाउँपालिका अध्यक्ष लामिछानेले भने । पालिकाले बहुवर्षीय र मौसमी घाँसको बिउ बिरुवामा दुई हजार लिटर दूध बिक्री गर्ने किसानलाई वार्षिक ३ हजार अनुदान दिर्दै आएको छ । पालिकाले छ करोड लगानीमा उद्योग स्थापना गरेर दाना र साइलेज उत्पादनसमेत गर्दै आइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

दूध बेचेर गाउँमा मासिक चार करोड

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

दूध बेचेर गाउँमा मासिक चार करोड

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

दूध बेचेर गाउँमा मासिक चार करोड

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

दूध बेचेर गाउँमा मासिक चार करोड

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

दूध बेचेर गाउँमा मासिक चार करोड

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

दूध बेचेर गाउँमा मासिक चार करोड

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

दूध बेचेर गाउँमा मासिक चार करोड

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

दूध बेचेर गाउँमा मासिक चार करोड

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan