हेटौंडा- मकवानपुरको हेटौँडाबाट लागूऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–२, सानोपोखराचोकस्थित एक चिया पसलबाट १८८ क्याप्सुल ट्रमाडोल र ५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका घर भई हाल सानोपोखराचोकमा चिया पसल गर्दै आएकी ४२ वर्षीया सरस्वती मुक्तान, सोही स्थानमा बस्दै आएका १९ वर्षीय रोजन मुक्तान र भारत मोतीहारी घर भई हाल नेपालमा रहेका २३ वर्षीय सुल्तान खान रहेका छन् ।
प्रहरीले उनीहरूको शरीर तथा पसलको तलासी गर्दा लागूऔषध लुकाईछिपाई राखिएको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

