Search
Close this search box.

हेटौंडाबाट लागुऔषध खैरोहेरोईनसहित दुईजना पक्राउ


हेटौंडा । प्रहरीले १ ग्राम ७ सय १० मिलिग्राम लागुऔषध खैरोहेरोईनसहित दुईजनालाई पक्राउ गरेको छ।
हेटौंडा – १५ रातोमाटे चेकपोईन्टस्थित पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कपिलबस्तु बागगंगा नगरपालिका -६ घर भई हाल जिल्ला काठमाडौ बुढानिलकण्ठ नगरपालिका -१ बस्ने वर्ष १९ को बिकाश राज पाण्डे र सोही मोटरसाइकलमा पछाडी सवार भई आएका सोही स्थान बस्ने वर्ष २२ को कबिन चन्दन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बर्दिबासबाट हेटौडातर्फ आउँदै गरेको बा ८८ प १९८१ नं. को मोटरसाईकल चालक र पछाडि सवार पाण्डे र चन्दनलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो।

उक्त लागुऔषध बरामद गरी पाण्डे र चन्दनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्धामा म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan