हेटौँडा – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
काँग्रेस प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पक्षमा बहुमत सांसदले समर्थन गर्दा लामा अब दलको नेता नरहेका हुन् । आज बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा बानियाँको पक्षमा २२ मत पर्दा लामातिर १५ मत मात्र परेको छ ।
यतिबेला प्रदेश सरकारमा लामाले नेतृत्वको हैसियत समेत गुमाएका छन् । यो सँगै सभापति बानियाँ दलको नेता बन्दै बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।
केही प्रतिक्रिया छ कि ?

