Search
Close this search box.

बागमतीका मुख्यमन्त्रीकाे राजीनामा घाेषणा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घाेषणा गरेका छन् ।

उनले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् । लामा  २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज राजीनामा घाेषणा गरेका हुन् ।  पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।

उनले भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने लामाले बताए । प्रदेश प्रमुख देवकाेटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश प्रमुख भाेलि हेटाैँडा आइपुग्ने बताइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan