Search
Close this search box.

कक्षा १२ को नतिजा सार्वजनिकः नतिजामा सुधार

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड( भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।

गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड( भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए ।

कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् ।

२।०१–२.४० सम्म ल्याउने आठ हजार ९६४, २.४१–२.८० सम्म ल्याउने ६९,८१२, २.८१ देखि ३.२० सम्म ल्याउने ९४, २६८, ३.२१–३.६० सम्म ल्याउने ५५,८९६ विद्यार्थी रहेका छन् । ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ ।

कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको छ । नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । कक्षा १२ को नतिजाअनुसार ३८‍.८३ प्रतिशत नन ग्रेडेड भएका छन् ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan