Search
Close this search box.

मुख्यमन्त्री बानियाँले गरे सपथ ग्रहण

हेटौँडा–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेसँगै सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री नियुक्तिका लागि नेपाली काँग्रेस र नेकपा एमालेले सोमबार बहुमत प्रदेशसभा सदस्यसहित औपचारिक दाबी पेश गरेका थिए । कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँले पार्टीका ३७ जना सांसद र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा एमालेका २७ सांसदसहित ६४ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीको दाबी गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।

यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि सोमबार आह्वान गरेका थिए । निर्धारित समयावधि अनुसार मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएकोमा सो समयसीमा पछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै सपथ ग्रहण गराइएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan