Search
Close this search box.

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

हेटौँडा– गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका ईन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनको लागि आज दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

आफ्नै पार्टी नोपली काँग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै संसदीय दलको नेता हुँदै बानियाँ मुख्यमन्त्री बनेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् । एक सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा बहुमतको लागि ५६ सांसद रहेकोमा काँग्रेसका ३७ र एमालेका २७ गते ६४ सांसद रहेका छन् । उनीहरुले विश्वासको मत दिँदा बानियाँको पक्षमा स्पष्ट बहुमत रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan