Search
Close this search box.

१२ कक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा स्वागत

हेटौँडा–हेटौँडा–१९ बस्तीपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसले निर्मल माध्यमिक विद्यालयबाट १२ कक्षा उत्र्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा स्नातक कक्षामा स्वागत कार्यक्रमको आयोजना गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्याम्पसले विद्यार्थीलाई बधाई ज्ञापन गर्दै स्नातक तह अध्ययनको लागि स्वागत गरेको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजकुमार भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । निर्मल माविबाट २०८२ मा नियमित २६६ जनाले परीक्षा दिएकोमा १३५ जना र आंशिक तर्फ ५० जना गरी १८५ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।

कार्यक्रममा विद्यार्थीलाई बधाई तथा स्वागत ज्ञापन गर्दै वडाध्यक्ष सुवेदीले स्नातक तहमा नियमित कक्षामा उपस्थित हुने विद्यार्थीलाई वडाको तर्फबाट छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । कार्यक्रमकैबीच मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनाललेसमेत स्नातक तहमा भर्ना गरेका छन् । उनले आफ्नो गाउँघरकै क्याम्पसबाट उच्च शिक्षा अध्ययन गर्नुपर्ने अन्य विद्यार्थीलाई सुझाव दिए ।

क्याम्पस प्रमुख सुवासचन्द्र कँडेलले क्याम्पसले गरेका कार्यहरुका साथै आगामी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्मल माविका प्रधानाध्यापक प्रबोध विडारी, सल्लाहकार हरिवंश भेटवाल, रामचन्द्र वर्तौला, प्रध्यापक संघका सभापति गोपिरमण प्याकुरेल, स्ववियु सभापति प्रशान्त भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan