Search
Close this search box.

मुख्यमन्त्री बानियाँले पाए विश्वासकाे मत

हेटाैँडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले संसद्‌बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ ।

सत्ता गठबन्धनकाे तर्फबाट काँग्रेसकै एक सांसद अनुपस्थित हुँदा उनको पक्षमा प्राप्त हुन सकेन । कुल ११० सदस्यीय संसद्‌मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उपस्थित भएनन् ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल ९२ सदस्य मध्ये उनको विपक्षमा २२ मत प्राप्त भएको छ भने ७ मत तटस्थमा परेको छ । बैठकमा १८ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan