Search
Close this search box.

प्रेस युनियन विशेष अभियानः महासंघलाई पङ्खा र सञ्चारिकालाई कुर्सी सहयोग

हेटौँडा– नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता विशेष अभियान सुरु गर्दै नेपाल पत्रकार महासंघ र सञ्चारिका समूह मकवानपुरलाई सामाग्री सहयोग गरेको छ । सोमबार हेटौँडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पङ्खा र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।

युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो ।

युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । यस्ता किसिमका सहयोगले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिका समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायतको उपस्थिति रहेको थियो । मकवानपुरमा प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने प्रमुख संस्थाहरु मध्ये एक हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan