Search
Close this search box.

चाँदीका गरगहनासहित चाँदीलाल नियन्त्रणमा

हेटौंडा — मकवानपुर प्रहरीले भन्सार छली ल्याइएका चाँदीका गरगहना सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रबाट भारत मोतीहारी जिल्ला घर भएका ५२ वर्षीय चाँदीलाल साहलाई आइतबार राति करिब ९:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले खानतलासी गर्दा साहले बोकेको झोलामा भन्सार छली ल्याइएका चाँदीका गरगहना फेला परेको थियो। त्यसबारे मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा उक्त धातु वास्तविक चाँदी भएको पुष्टि भएको र आजको बजार मूल्य अनुसार रू. १,५८,३३२ बराबरको रहेको खुलिएको प्रहरीले जनाएको छ ।

फेला परेका चाँदीका गरगहना सहित साहलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan