हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाका माप्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको छ । ११ महिनाअघि सरुवा भई आएका अमुल श्रेष्ठ गाउँपालिकाबाट बिदा भएका छन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट सरुवा भई रामप्रसाद शर्मा कंडेल आएका छन् ।
श्रेष्ठ २०८१ असोज ८ गते कैलाशमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए । उनको श्रेष्ठ संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको कार्यालयमा सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृतको बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकामा रहुन्जेल गरेको सेवाप्रति आभार प्रकट गर्दै आगामी यात्राको शुभकामना व्यक्त गरे । संघीयता कार्यान्वयन गर्न हामी जनप्रतिनिधि जत्ति नै कर्मचारीहरुको पनि ठुलो योगदान रहेको भन्दै ११ महिनाको बसाईँले कैलाश गाउँपालिकाको विकासमा श्रेष्ठको अहम भूमिका रहेको उनले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई आगममी दिनको सफलताको शुभकामना व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

