Search
Close this search box.

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

हेटौंडा — कमाने क्रिकेट क्लबद्वारा आयोजित तेस्रो संस्करणको कमाने प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। गत माघ १६ देखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको विवरण करिब सात महिनापछि सार्वजनिक गरिएको हो।

क्लबका अध्यक्ष किशोर खत्रीका अनुसार प्रतियोगिताको खर्च र आम्दानीबारे विस्तृत विवरण तयारीमा केही ढिलाइ हुनुका साथै दर्ता शुल्क र अन्य प्राप्त गर्नुपर्ने रकम समयमै नउठेका कारण विवरण सार्वजनिक गर्न ढिलाइ भएको हो। उनका अनुसार दोस्रो संस्करणको विवरण पनि यसै वर्ष सार्वजनिक गरिएको छ।

सार्वजनिक विवरण अनुसार, तेस्रो संस्करणबाट क्लबले ३ लाख ९३ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको थियो भने ३ लाख ९२ हजार २ सय ९५ रुपैयाँ खर्च भएको देखिएको छ। क्लबका अनुसार अझै ७० हजार रुपैयाँ उठ्न बाँकी रहेको छ। बाँकी रकम प्राप्त भएमा क्लबको खातामा ९५५ रुपैयाँ बचत हुने अध्यक्ष खत्रीले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए। माघ १९ गते सम्पन्न प्रतियोगिताको उपाधि कमाने टाइगर्सले कमाने रोयल्सलाई ४ रनले पराजित गर्दै जितेको थियो।

प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता टोलीले २५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन जनकपुर बोल्डसका मालिक उत्सव सिग्देलले गरेका थिए।

कमाने क्रिकेट क्लबले विगत ३ वर्षदेखि लगातार ‘कमाने प्रिमियर लिग’ आयोजना गर्दै आइरहेको छ, जसले स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र युवा प्रतिभालाई अगाडि ल्याउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

कमाने प्रिमियर लिगको तेस्रो संस्करणको आय–व्यय विवरण सार्वजनिक

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan