हेटाैँडा— मकवानपुरको थाहा नगरपालिका–१० टौखेलमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। ।
साउन १३ गते राति करिब ९:४५ बजे बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न सडक छेउमा रोकी राखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियाे ।
दुर्घटनामा मोटरसाइकल चालक थाहा नगरपालिका–१० टौखेलका ३२ वर्षीय अमिर गोपाली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लगिएकोमा भदौ १४ गते साँझ करिब ७:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

