Search
Close this search box.

चुरियामाईमा सेनाको ट्रक दुर्घटना

हेटौँडा– हेटौंडा उपमहानगरपालिका– १५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना सैनिक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । घाइतको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको र केही समयमा थप जानकारी आउने उनले बताए ।

तस्बिरः अनलाइनखबर

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan