हेटौंडा -९ लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना गृह २०७३ सालमा सुरु भएको एउटा सानो प्रयास, आज हजारौँको आशा बनेको छ। ७५ हजारको कोषबाट सुरु भएको सिआन पुनर्स्थापना केन्द्र अहिले लागूपदार्थ तथा मदिरा दुर्व्यसनमा फसेका युवाहरूको पुनर्जीवनको केन्द्र बनेको छ। सौजन डिसीको दूरदृष्टि, मानवताप्रति समर्पण र क्रियाशील नेतृत्वले संस्थालाई सामान्य पुनर्स्थापना सेवाबाट एक समावेशी सामाजिक अभियानमा रूपान्तरण गरिदिएको छ। उनै सिआनका संचालक सौजन डिसिसंग उनले लागुऔषध छोडेको १० औं वर्ष पूरा भएको अवसरमा हामिले उहाँसंग अन्तर्वार्ता लिएका छौं ।
१.तपाईं पहिलो पटक लागुऔषधमा कसरी र कहिले फस्यो?
उत्तर ; कक्षा -६ मा पढ्दै गर्दा परिक्षाको अन्तिम समयमा
साथीहरुसंग पढ्ने बानी भएपछि त्यस बेला लागुऔषध गाजाबाट कुलतको यात्रा सुरु गरे। जतिबेला म ९/१० वर्षको थिएँ।
२.के कारणले तपाईं त्यस अवस्थामा पुग्नुभयो?
उत्तर ; सुरुमा त म त्यति धेरै दुर्व्यसनमा फसिककेको थिइन् । जब बढ्दै गयो पढाई बिगृदै गयो अनि परिवारमा शंका सुरु भयो।
३.लागुऔषध प्रयोगको सबैभन्दा कठिन क्षण कुन थियो?
उत्तर; आफ्नो पहिलो सन्तान गुमाएको क्षण जुन मैले कहिले बिर्सन सक्दिन।अर्को भनेको आमालाई अन्तिम अ पटक लागुऔषध खान्छु र भोलि बाट छोड्दिन्छु भनेर आमालाई पाँच हजार मागेको अनि मेरि आमाले विश्वास गरेर सयसयको नोट गनेर दिनुभएको म विर्सन सक्दिन।
४.कुन क्षणमा तपाईंले सोच्नुभयो कि “अब परिवर्तन गर्नुपर्छ”?
उत्तर; २०७२ सालमा मैले आफुलाई सुधार्नु पर्छ भन्ने लाग्यो। तब मलाई महसुस भयो कि मेरा धेरै वर्ष खेर गए। मेरै कारण मेरो परिवार पछाडी परेका छन् । अब म लागुऔषध प्रयोग गर्दिन भनी त्यस दिनबाट आफैंलाई प्रण गरेँ।
५. पुनःस्थापनाको यात्रा कसरी सुरु गर्नुभयो?
उत्तर ; परिवारकै सहयोगले आज म यो बाटो हिडिरहेको छु।हिजोको दिनमा एक घण्टा लागुऔषध बिना बस्न नसक्ने म आज एक दशक पूरा गरेको छु। मलाई आज यो उचाइमा ल्याउने मेरो परिवारनै हो।
६. तपाईंले लागुऔषध छोड्न सफल हुनका लागि कुन–कुन चिजले मद्दत गर्यो?
उत्तर; धेरै साथहरुको सहयोग छ। अग्रजहरुले बाटो देखाउनु भएको छ। यो सफलता मेरो मात्र होइन। यो मेरो समुदाय र परिवारको हो । त्यस पछिका एक दशक मेरा हुन् ।
७.सिआन पुनर्स्थापना केन्द्र सुरु गर्ने प्रेरणा कहाँबाट आयो?
उत्तर ; प्रेरणाको स्रोत मेरो पहिलो सन्ताननै हो । जुन मैले गुमाउन पुगेँ। त्यसपछि हेटौंडामा एउटा मात्र सुधारगृह हुँदै गर्दा म २२/२३ वर्षको उम्मेरमा सुधारगृह संचालन गर्छु भन्दा चुनौती थियोे । तर सबैलाई बुझाउन सके पश्चात् सुरु गर्न सफल भएँ। मेरो सन्तान गुमाएकै कारण अरुले आफ्नो परिवार नगुमाउन भनी पनि आफ्नै गुमाएको छोरा सिआनको नामबाट सुरु गरेँ।
८.तपाईंको केन्द्रले हालसम्म कति जना युवालाई सहयोग गरेको छ?
उत्तर; दुई हजार भन्दा बढीलाई निको बनाइ सकेका छौँ भने हाल ७३ जना उपचारार्थ छन् ।
९.के के सेवा–सुविधा छन् तपाईंको केन्द्रमा?
उत्तर ; सुरुवाती चरणमा एकदम गार्हो थियो। यो यातना केन्द्र हो भन्ने गरिन्थ्यो। समाज र परिवारलाई बुझाउन निकै गार्हो थियो । बिस्तारै केही लागुऔषधमा फसेका दाजुभाइलाई निको बनाउन सफल भएपश्चात् सबैको विश्वास नित्न थालियो। प्रयाले काम गर्दै जादा मैले सफलता पाएँ। यो मेरो मात्र नभएर समाजकै सफलता भयो।
१०.तपाईंको पुनर्स्थापनाको क्रममा परिवार र समाजको कस्तो समर्थन रह्यो?
उत्तर; समुदायले शंकाको दृष्टिले हेरेको महशुस गरेँ। बिस्तारै समय बित्दै जादा समाजले गरेको विश्वास पनि यो यात्रामा मेरो अर्को एउटा सफलता हो।
११.तपाईंलाई साथ दिने को–को थिए जसले तपाईंलाई उठ्न सहयोग गरे?
उत्तर; मेरो परिवारलाई नै सम्झिन्छु पहिला मेरो सहकर्मीहरु जसको कारण मलाई समुदायले विश्वास गर्दै छन् । मलाई स्वकार्नु समुदायको ठूलो गुण हो म माथि ।
१२.अहिले पनि लागुऔषधमा फसेका युवालाई तपाईं के भन्न चाहनुहुन्छ?
उत्तर; लागुऔषधमा फसिरहनु भएको जो कोहिलाई पनि त्यसबाट निस्किन धेरै हात रहेका छन् । त्यो दलदलबाट निस्किन धेरै हात रहेका छन् । त्यो दलदलमा जान सजिली छ तर निस्कन अत्यन्तै गार्हो । लागुऔषधको दलदलमा नफस्नकै लागि अहिलेका युवाहरूलाई मेरो विनम्र अनुरोध छ।
१३.तपाईंको अनुभवबाट सिक्न सकिने मुख्य कुरा के हो?
उत्तर; मेरो अनुभव भनेको धैर्यता हो। पढाइ बीचमा छुट्दा म संगै परिवार पनि पछाडि परेको थियो।तर मेरो धैर्यताले मलाई यहाँ सम्म आइपुग्दा सिआन खोले र संगै पढाईलाई पनि निरन्तरता दिएँ। यसैले मलाई आज अगाडि बढाएको छ। सफलताको लागि जिवनमा जो कोहिले पनि धैर्य गर्न सिक्नु पर्छ।
१४.समाजले पुनःस्थापित व्यक्तिलाई कस्तो नजरले हेर्नुपर्छ?
उत्तर; पुनर्स्थापनाबाट निस्केको व्यक्तिलाई समाजले हेर्ने दृस्ठिकोणमा अहिले निकै परिवर्तन आएको छ। पहिलाको जस्तो नकारात्मक समाज अहिले छैन।आज पुनस्थापना भएकालाई समाजले राम्रो दृस्ठिकोणले हेर्ने गरेको पाइन्छ।
१५.तपाईं सिआन पुनर्स्थापना केन्द्रलाई आगामी ५ वर्षमा कहाँ देख्न चाहनुहुन्छ?
उत्तर; हाम्रो भिजन भनेको आगामी दिनमा सबैलाई सुधारसंगै सीपसंग जोडेर सबै युवालाई सीप विकासमा अगाडि बढाउने योजना रहेको छ। अझै परिवर्तनका लागि नितिनियमनै संशोधन गरेर लैजान आवश्यक छ।
सौजन डीसीले नेतृत्व गरेको सिआन पुनर्स्थापना केन्द्र आज शारीरिक उपचार मात्र होइन, आत्मिक, सामाजिक र आर्थिक पुनर्जीवनको यात्रा बनिरहेको छ। एक युवा, एक सोच, र एक उदेश्यले समाज बदल्न सकिन्छ भन्ने उदाहरण हुन् उनी ।
