Search
Close this search box.

मकवानपुरमा खोलाले बगाएर युवक बेपत्ता

हेटाैँडा- मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलामा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

शनिबार दिउँसो करिब साढे ३ बजे स्थानीय ४८ वर्षीय गुञ्जमान घलान र उनका १८ वर्षीय छोरा सोमबहादुर घलान घरदेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको बागमती खोलामा माछा मार्न गएका थिए । सो क्रममा माछा मार्ने क्रममा सोमबहादुरलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बगाएर बेपत्ता भएका सोमबहादुरको खोजतलास स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कमलप्रसाद यादवको कमाण्डमा टोली परिचालन भई खोजी भइरहेको प्रहरीको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan