Search
Close this search box.

सिआन पुनर्स्थापना केन्द्रको अध्यक्षमा मन छेत्री चयन

हेटौंडा। हेटौंडा–९, लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रको अध्यक्षमा मन छेत्री चयन भएकी छन्। सोमबार सम्पन्न नवौं साधारणसभा तथा अधिवेशनबाट छेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

निर्वाचन समितिका संयोजक सन्तोष पौडेलका अनुसार नवगठित कार्यसमितिमा उपाध्यक्षमा मेनुका लामा ब्लोन, सचिवमा आतिश दाहाल, सहसचिवमा विनोद आचार्य, कोषाध्यक्षमा मिनु अग्रवाल चयन भएका छन्। त्यसैगरी सदस्यमा लक्ष्मी रिमाल र जितेन खड्गी चयन भएका छन्।

कानुनी सल्लाहकारमा सन्तोष पौडेल र नेल्शन घलान रहेका छन् भने प्रेस सल्लाहकारको जिम्मेवारी मञ्जिता मैनाली ‘मञ्जु’ ले पाएकी छन्।

सल्लाहकार टिममा रमिला सापकोटा, लक्ष्मण प्रसाद भण्डारी, सरस्वती थिङ, सानु लामा, सुनिल लोप्चन र महेश्वरमान श्रेष्ठ चयन भएका छन्।

नवौं साधारणसभा तथा अधिवेशन सिआन पुनर्स्थापना केन्द्रका तत्कालीन अध्यक्ष विजेन्द्र अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख  ललित घलान प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डिसीले हाल सिआन पुनर्स्थापना केन्द्रमा महिला र पुरुष गरी ९० जनाले सेवा लिइरहेको जानकारी गराए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan