Search
Close this search box.

हेटौंडा -१० बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष संचालन

हेटौंडा । चाडपर्वमा सम्भावित चोरी, ठगी तथा अन्य आपराधिक गतिविधिहरू न्यूनीकरण गर्ने उद्देश्यले हेटौंडा–१० बसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ। सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्क, प्रहरी चौकी बसपार्क आयोजना, माइती नेपाल मकवानपुर र हिमराइड्स मकवानपुरको सहकार्यमा सहायता कक्ष शनिबारबाट  संचालनमा ल्याइएको  हो।

सहायता कक्ष उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का थिए भने कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा उपकेन्द्र बसपार्क अध्यक्ष प्रदीप कँडेलले गरे। कार्यक्रममा वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ र वडा नं १ का अध्यक्ष सविन न्यौपानेलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले बसपार्क क्षेत्रमा चोरी र ठगीका घटनाहरू बारम्बार हुने भएकाले न्यूनीकरणको प्रयासस्वरूप प्रत्येक वर्ष सञ्चालन गर्दै आएको जानकारी दिए। “नागरिकको सुरक्षालाई ध्यानमा राखी यो सहायता कक्ष स्थायी रूपमा पनि बनाउने योजना रहेको छ,” उनले भने।

प्रमुख अतिथि एसपी खड्काले चाडपर्वको समयमा अत्याधिक भाडा नलिने व्यवस्था मिलाउन यातायात व्यवसायी र सरोकारवाला निकायलाई आग्रह गरे। उनले यात्रुहरू सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। “बसपार्कमा ट्राफिकको उपस्थिति नहुनु दुर्भाग्य हो,” भन्दै उनले ट्राफिक प्रहरीको व्यवस्था अनिवार्य रहेको धारणा व्यक्त गरे।

एसपी खड्काले आफ्नो एक वर्षे कार्यकाल सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै पत्रकारहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan