झापा । आफ्नै घरमा सुतिरहेको अवस्थामा झापाका एक युवाको हत्या भएको छ । बिर्तामोड नगरपालिका- ७ खोलापारीका ३५ वर्षीय फुर्वा तामाङको गएराति हत्या भएको हो ।
छिमेकी २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिलाले काटेर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा सम्लग्न रामकुमार र प्रेमकुमार दाजुभाइ हुन् ।
तामाङको हत्यामा सम्लग्न उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले घटनास्थलबाट रगत लत्पतिएको अवस्थामा खुकुरी र बसिला बरामद गरेको छ ।
मदिरा सेवन गरी स्थानीयको समेत हत्या गर्छु भन्दै आतंक मच्चाएका थिए । प्रहरी निक्कै ढिलो गरी घटना स्थल पुगेकोले स्थानीय त्रसित बनेका थिए । हत्याको कारण खुल्न सकेको छैन।
केही प्रतिक्रिया छ कि ?
