Search
Close this search box.

बृद्ध महिला मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६, सिरवान बस्ने अन्दाजी ७० वर्षीया कान्छीमाया थिङ आइतबार मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थिङ शनिबार  गते साँझ करिब ४ बजे जिल्ला बारा, निजगढ नगरपालिका–१२, रामथलीस्थित छोरीको घरबाट आफ्नो घरतर्फ फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।

घर नपुगेपछि आफन्तहरूले खोजी गर्ने क्रममा आइतबार दिउँसो करिब १:३० बजे उनको शव घरबाट करिब ५०० मिटर पश्चिमतर्फ रहेको सिरवान जंगलको गोरेटोबाटोभन्दा करिब ३५ फिट तल फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा पुगेर मुचुल्का तयार पार्नुका साथै प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाइएको छ। शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

घटनाको प्रकृति हेर्दा लडेका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan