Search
Close this search box.

१० वर्षीया बालिकाको हत्या आरोपमा युवक पक्राउ

हेटौंडा । १० वर्षिया बालिकालाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको गेरुवा गाउँपालिका ५ झबहीकी १० वर्षिया एन्जल देउवाको हत्या गरेको आरोपमा सोहि स्थानका २१ वर्षिय समिर तिरुवा पक्राउ परेका हुन् ।

एन्जल गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं–३ गणेशपुरस्थित आफन्तको घरबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । बालिकाको खोजतलास गर्दै जाने क्रममा गशेणपुर स्थित बुढीकुलोको किनारमा गाडीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको पहिलो चरणको अनुसन्धान अनुसार बालिकाले लगाएको गहना लुटने उदेश्य मात्र तिरुवाको रहेको तर हल्ला गरेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan