Search
Close this search box.

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

मनहरी– चैनपुर जेसीज मनहरीले आयोजना गरेको तेस्रो संस्करणको जेसीज कप खुला फुटबल प्रतियोगिताुको उद्घाटन गरिएको छ । बिहीबार मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै कालाखेतीले जेसीजले गाउँपालिकाको विभिन्न वडामा प्रतियोगिता गर्दै युवाहरुलाई सकारात्मक बाटोमा हिँडाउन र फुटबलको विकासमा योगदान पुर्याइरहेको भन्दै खुसी व्यक्त गरे । सकारात्मक कार्यका लागि गाउँपालिकाले सदैव सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो । युवाहरुले अब हरेक क्षेत्रमा आवश्यकता अनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष कालाखेतीले जेसीजसंगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत जनाए । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जेसीजबाट अन्य संघसंस्थाले समेत सिक्नुपर्ने धेरै विषय रहेको धारणा राखिन् । यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास संगै युवाहरुलाई सत्मार्गमा हिँडाउन मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम संयोजक मनोज बिष्टको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा, जेसीजका कार्यकारिणी उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बिहीवार औपचारिक उद्घाटन भएपनि विशेष कारण खेल सन्चालन हुन नसकेको प्रतियोगिताको खेल आज शुक्रबारबाट हुने भएको छ । औपचारिक उद्घाटन केही ढिला हुनुका साथै विशेष परिस्थितिले खेल हुन नसकेको आयोजकले जनाएको छ । शुक्रबारबाट नियमित खेल हुने जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए । यस संस्करणमा मकवानपुर र चितवनका गरी १३ क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिए ।

प्रतियोगितालाई मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गरेको छ भने मनहरी ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी लामिटार लगायतका संघसंस्थाले सहयोग गरेको छ । प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ । पहिलो संस्करणको उपाधी बागमती प्रदेश प्रहरी गणले जितेको थियो भने दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

चैनपुर जेसीज मनहरी कप फुटबल उद्घाटन, आजबाट नियमित खेल

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan