Search
Close this search box.

मनहरी गाउँपालिकामा कडा रोग लागेका बिरामीको उपचारमा छुट लिन स्वास्थ्य बिमा अनिवार्य

मकवानपुर । मनहरी गाउँपालिकाले कडा रोग लागेका विपन्न बिरामीहरुलाई उपचार छुट सुविधा प्रदान गर्नका लागि स्वास्थ्य बिमा अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रको आधारमा गाउँपालिकाले यो व्यवस्था लागू गरेको हो।

गाउँपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएअनुसार, “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)” को दफा ४ (क) अनुसार, कडा रोग लागेका बिरामीहरुले उपचार छुटको सिफारिस पाउन स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनु अनिवार्य गरिएको छ।

गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने र कडा रोग लागेर उपचाररत रहेका बिरामी तथा सेवाग्राहीले उपचार सिफारिस लिनु पूर्व अनिवार्य रूपमा स्वास्थ्य बिमा गर्नुपर्नेछ।

मुटुरोग,मृगौला,रोग,क्यान्सर,पार्किन्सन्स,अल्जाइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी,सिकलसेल एनिमिया जस्ता रोगलाई कडा रोग मानिन्छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार, “स्वास्थ्य बिमा बिना सिफारिस गर्न मिल्दैन भन्ने स्पष्ट निर्देशन आएको छ। त्यसैले सम्बन्धित सबै नागरिकलाई यथाशीघ्र स्वास्थ्य बिमा गराएर मात्र उपचार सिफारिसका लागि निवेदन दिन आग्रह गरिएको छ।”
यस व्यवस्थाले उपचार खर्चमा राहत त ल्याउनेछ नै, साथै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको सहभागिता पनि बढाउने विश्वास व्यक्त गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan