Search
Close this search box.

‘चमेली’को कथा : शरीरको होइन, समाजको घाउ बढी दुख्छ

हेटौंडा । रात पर्नासाथ हेटौंडा बसपार्कको कुनामा देखिने १७ वर्षीया किशोरी ‘चमेली’ (नाम परिवर्तन) को जीवन अहिले सडकमै गुज्रिरहेको छ। शरीरमा अपरेसनपछि लागेको गम्भीर घाउले थलिएकी उनी पटुकीले घाउ बाँधेर दिनभरि बसपार्क वरिपरि घुम्छिन्। उपचारका लागि पैसा नहुँदा घाउ अझै निको हुन सकेको छैन।

सानैमा आमाको निधन भएपछि बाबाको दोस्रो विवाहसँगै उनको बाल्यजीवन अँध्यारोमा डुबेको चमेली बताउँछिन्। सौतेनी आमाको व्यवहार र बाबाको माया हराउँदा उनले घर नै गुमाइन्।

पटुकीले घाउ बाँधेर दिनभरि हेटौंडा-१० स्थित बसपार्क डुल्दै गरेकी उनले सुनाउँछिन्, ‘धेरै दुख्छ… पैसा छैन, उपचार गर्न सकिन,’ उनले दुखेसाे पोखिन्।
११ कक्षासम्म पढेकी चमेली बिरामी परेपछि घर र संस्थाले पनि साथ छाडे। दुर्गन्ध फैलिएको शरीरका कारण उनी समाजबाट त झन् पन्छाइँदा सडकमै आस्रित भइन्। ‘कसैले खान दिन्छ, कसैले बोलाउँछ, त्यतिबेला खुसी लाग्छ,’ उनी थप भन्छिन्, ‘तर म पढ्न चाहन्छु, ठूली मान्छे बन्न चाहन्छु।’

“होटेलमा कोहि भित्र बोलाउछन,कोहि खान दिन्छन्।
कसैले सोध्छ खाने हो भनेर, त्यतिबेला खुसी लाग्छ।”
तर उनी पढ्न चाहन्छिन्, ठूली मान्छे बन्न चाहन्छिन्।
हेटौंडाकी चमेली मात्रै होइनन्, काठमाडौंका बसपार्क, गौशाला, कोटेश्वर लगायत क्षेत्रका थुप्रै किशोरीहरू यस्तै अवस्थासँग लडिरहेका छन्। उनीहरूको शरीरमा देखिने घाउ मात्र होइन, आत्मामा लुकेका चोट अझ गहिरा छन् । जसलाई समाजले देख्न चाहँदैन।

 एउटा सहारा, एउटा मानवता र एउटा मायाको प्रतीक्षा गर्दै अहिले पनि चमेली बसपार्क वरिपरि कतै छिन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan