Search
Close this search box.

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, टिसिएन रोडस्थित बजाज शोरुम अगाडि एक युवकमाथि कुटपिट भएको छ। कुटपिटमा परि पर्वत जिल्ला, मोती गाउँपालिका–२ का ३५ वर्षीय सरोज लामिछाने गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, उनलाई १० गते बिहान करिब ८ बजे बेहोस अवस्थामा फेला पारिएको थियो। हेटौंडा अस्पतालमा उपचारपछि होस आएपछि घाइते लामिछानेले आफ्नो परिचय खुलाएका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले वरिपरिका सिसी क्यामेराको फुटेज हेर्दा तीन जनाको संलग्नता पत्ता लगाएको छ।

प्रहरीले चितवनको कालिका नगरपालिका बस्ने १७ वर्षीय सुवास आलेमगर र तनहुँ भानु नगरपालिका–४ का १६ वर्षीय आर्जेन तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै घटनामा संलग्न मकवानपुर भिमफेदी–२ की १७ वर्षीया सन्ध्या पाख्रिन फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, कार्तिक १० गते बिहान करिब ४ बजे ती दुई किशोर र एक किशोरीले मादक पदार्थ सेवनपछि लामिछानेमाथि कुटपिट गरेका थिए।
घाइतेको हेटौंडा अस्पतालमा उपचार भएर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा-१० बसपार्कमा युवकमाथि कुटपिट, दुई पक्राउ

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan