Search
Close this search box.

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

हेटौंडा । हेटौंडा जेसीजले जेसिज सप्ताह–२०२५ को अवसरमा विविध सामाजिक, प्रतिस्पर्धात्मक र जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमहरूको विवरण सार्वजनिक गरे।

उनका अनुसार सप्ताहको पहिलो दिन कात्तिक १८ गते) बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। सोही दिन बिहान ८ः३० बजे स्लो बाइक प्रतियोगिता समेत हुने बताइएको छ।

कात्तिक १९ गते बिहान ७ बजे अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता हुने छ भने दिउँसो २ बजे भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी, कात्तिक २० गते विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता जेसीज सचिवालयमा आयोजना गरिनेछ, जसमा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउनेछन्।

कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङस्थित अति विपन्न एक परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिनेछ।

सप्ताहको अन्तिम दिन कात्तिक २२ गते समापन समारोहका क्रममा उत्कृष्ट सदस्य तथा उत्कृष्ट कार्यक्रम संयोजकलाई सम्मान तथा अवार्ड वितरण गरिने अध्यक्ष दासले जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

हेटौंडा जेसीजद्वारा जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यक्रम आयोजना हुने

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan