Search
Close this search box.

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागुऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब १० बजे हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

खोजतलासीका क्रममा खाली जग्गामा लुकाइ–छिपाइ राखिएको ८३,००० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, उक्त लागुऔषध बिक्री वितरण गर्न प्रयोग गरिएको ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमाहेटौंडा–१५ बस्ने, बकैया–१२ घर भएका १९ वर्षीय अशोक स्याङ्तान,हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली,हेटौंडा–४ का २० वर्षीय निशान कोईराला,बकैया–२२ का ३५ वर्षीय राजिब लामा (बक्सर) र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

मकवानपुरमा ट्रामाडोलका ८३ हजार क्याप्सुलसहित ५ जना पक्राउ

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan