Search
Close this search box.

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको नेतृत्वमा समावेशी पार्टी

काठमाडौँ–देशभर रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकसहित पछाडि परेका दलित, महिला, अपाङ्ग, सिमान्तकृत अल्पसंख्यक समुदायलाई समेटी राष्ट्रिय पार्टी निर्माण गर्ने उद्देश्यका साथ समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगमा शुक्रबार दल दर्ता गराएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षतामा गठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति रहेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सदस्यको नेतृत्वमा पार्टी गठन भएता पनि आफूहरुको पार्टी देशका सबै पछाडि परेका समुदायको साझा राजनीतिक दल भएको समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिमा दलित, अल्पसंख्यक, अपाङ्ग, महिलालगायत सबैको प्रतिनिधित्व भएको बताए । पार्टीले श्रीवत्स, चक्र वा ध्वजालाई प्रस्तावित चुनाव चिन्हको रुपमा आयोगमा पेश गरेको छ । मुलुकमा रहेका अन्य राजनीतिक दलहरुले सबै पक्षलाई समेट्न नसकेको भन्दै केन्द्रीय सदस्य अधिकारीले सबै हिसाबले पछाडि परेका वर्ग वा समुदायको नेतृत्व आफूहरुको पार्टीले गर्ने दावी गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan