Search
Close this search box.

सोलारको तार सर्ट भई आगलागी हुँदा चार लाखको क्षति

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा आगलागी हुँदा करिब रु चार लाख मूल्य बराबरको क्षति भएको छ । घरमा जडान गरिएको सोलारको तार सर्ट भई आगलागी हुँदा स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एक तले घर, घरभित्र रहेको नगद रु ७० हजार, सुनको तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan