Search
Close this search box.

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

हेटाैँडा- मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतकाे रकमबाट विद्यार्थीलाई विद्यालय पाेसाक सहयाेग गरेका छन् । मनहरी-४ मा रहेकाे २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार पाेसाक हस्तान्तरण गरिएकाे हाे ।

विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरकाे पाेसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमाेजिम आफ्नाे तलब भत्ताकाे रकमबाट उक्त सहयाेग गरिएकाे अध्यक्ष कालाखेतीले बताए । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घाेष गरेका थिए । साेही उद्घाेषबमाेजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाकाे घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणकाे काम चलिरहेकाे छ ।

पशुपति माविले संवरण महाेत्सवका अवसरमा आयाेजिक सप्ताहव्यापी कार्यक्रम साेमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डाेत्ताेलन गरी उद्घाटन गरेका हुन् । संवरण महाेत्सवकाे उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दाैड, बाेरा दाैडलगायतका प्रतियाेगिता गरिएकाे छ । विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गाैतमले जानकारी दिए । अध्यक्ष गाैतमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्कालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan