Search
Close this search box.

मनहरीमा सचेतना र्यालीसहित उद्यमी समूह पुरस्कृत


मनहरी। मकवानपुरको मनहरी गाउँपालिकाले उद्योग दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा मंगलबार सचेतना र्यालीका साथै उद्यमी समूहलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात र उद्योग दिवस एकसाथ मनाएको हो ।
अभियानको सुरुवातको क्रममा मनहरी गाउँपालिका १ स्थित रजैयाबाट रचेतना र्याली निकालिएको थियो । र्याली गाउँपालिकाको सभाहल लामिटारमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमकैबीच मनहरी गाउँपालिका क्षेत्रभित्र रहेका महिला उद्यमी समूहमध्ये उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो । उद्यमी समूहमध्ये प्रथम हुने मनहरी ७ मा रहेको क्रियाशील महिला लघु उद्यमी समूहलाई नगद १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै ६ नम्बर वडामा रहेको पारिजात महिला उद्यमी समूह दोस्रो भई १२ हजार रुपैयाँ प्राप्त गरेको छ भने मनहरी ५ मा रहेको हरियाली महिला लघु उद्यमी समूह तेस्रो भई ९ हजार प्राप्त गरेको थियो । मनहरी १ मा रहेको चकरी महिला लघुउद्यमी समूह चौथो घोषणा गरी ६ हजार रुपैयाँ प्रोत्साहन प्रदान गरिएको थियो । मनहरी ३ को प्रगतिशील लघुु उद्यमी समूह र ४ नम्बरमा रहेको अर्को प्रगतिशील लघुउद्यमी समूहलाई सान्त्वना घोषणा गरी नगद ४÷४ हजार प्रोत्साहन र सम्मानपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी प्रशासन प्रमुख अन्जना सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, बाल अधिकार समिति सदस्य देवकी ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan