Search
Close this search box.

मकवानपुरमा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा–१९, बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ११:४० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिएको अवस्थामा त्यसै दिशाबाट आएको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि मोटरसाइकलमा सवार दुवै जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको थियो। कन्टेनर र मोटरसाइकल दुवै घटनास्थलमै रहेको र यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नेवारपानी र ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको छ। कन्टेनर चालक पर्सा, धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम प्रहरी नियन्त्रणमा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङ निवासी करिब ३० वर्षीय मोटरसाइकल चालक बालकृष्ण अधिकारीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएपछि चिकित्सकले ००:१० बजे मृत घोषणा गरेका छन्। उनको शव अस्पतालमै राखिएको छ।

मोटरसाइकलमा सवार लमजुङ, बेसीशहर नगरपालिका–१० पासाचौर निवासी करिब ४८ वर्षीय भबरजंग गुरुङ भने बायाँ खुट्टा, टाउको तथा शरीरका अन्य भागमा चोट लागेको अवस्थामा CMC चुरेहिल अस्पताल, मकवानपुरमा उपचाररत छन्। उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan