Search
Close this search box.

मनहरी गाउँपालिकाद्वारा ७ शोकग्रस्त परिवारलाई काजकिरिया खर्चसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण 

 

हेटौंडा । मकवानपुरको  मनहरी गाउँपालिका–३ र ४ का शोकमा परेका सात परिवारलाई गाउँपालिकाले काजकिरिया खर्चसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेको छ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार घरमै पुगेर प्रत्येक परिवारलाई २० हजार रुपैयाँ नगद तथा श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेका हुन्।

विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले बजेट विनियोजन गरी राहतकार्य सञ्चालन गर्दै आएको अध्यक्ष कालाखेतीले बताए।

उनका अनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गाउँपालिकाले शोकमा परेका परिवारलाई निरन्तर सहयोग गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan