Search
Close this search box.

मकवानपुरमा अवैध नदीजन्य पदार्थ उत्खननकर्मी पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१० स्थित त्रिवेणीधामबाट अवैध रूपमा ढुंगा–बालुवा उत्खनन तथा ओसारपसार गर्ने ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो ३:३० बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ना.५ त ५६६८, ना ६ त १३३, र बा.प्र. ०३–००१ त ३९९ नम्बरका ट्र्याक्टरसहित चालकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan