Search
Close this search box.

सर्वोच्चको उत्प्रेषणपछि हेटौंडा बजारको २५–२५ गज सडक विस्तार तत्काल स्थगित

हेटौंडा । हेटौंडा बजार क्षेत्रमा चलिरहेको २५–२५ गज सडक विस्तार कार्य सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि तत्कालका लागि रोकिएको छ। आइतबार सडक डिभिजन कार्यालय हेटौंडाले पत्रकार सम्मेलनमार्फत विज्ञापन कार्य स्थगित गरिएको औपचारिक जानकारी दिएको हो।

राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम–२०८२ अनुसार हेटौंडा उपमहानगरभित्र सडक विस्तार भइरहेको थियो। तर पूर्व सांसद तथा स्थानीय बिन्दवासिनी कंसाकारद्वारा दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंसिर १९ गते विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न र सडकलाई यथास्थितिमा राख्न आदेश दिएपछि प्रक्रिया रोकिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

अधिकारीका अनुसार अदालतको आदेश शुक्रबार जारी भए पनि कार्यालयले औपचारिक पत्र आइतबार मात्र प्राप्त गरेको र सो पनि भएकाले विस्तार कार्य तत्कालबाट स्थगन गरिएको हो। यसअघि शनिबार मात्र ७ किलोमिटर सडक सीमाभित्र पर्ने करिब ५०० घरटहरामा सांकेतिक भत्काउने कार्य गरिएको थियो। भत्काइएका घरबाट सामग्री निकाल्न दुई दिनको समय दिइएको डिभिजनले जनाएको छ।

सडक डिभिजनले मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक २५/२५ गज विस्तार गर्ने उद्देश्यले १५ दिने अल्टिमेटम जारी गर्दै संरचना हटाउन सूचना प्रकाशित गरेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan