Search
Close this search box.

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले करिब १ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, शुक्रबार साँझ करिब ५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोस्टमा पूर्व–पश्चिम राजमार्ग हुँदै गुडिरहेका सवारी साधन जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।

बा.प्र. ०६–००१ ज. ०१९१ नम्बरको EV गाडी बिरगंजबाट हेटौंडा आउँदै गरेको अवस्थामा रोकिएको थियो। सोही गाडीमा सवार रामपुर नगरपालिका–८ का २३ वर्षीय स्मारिका उर्फ मनिष ठकुरी, र कास्की नगरपालिका–५ का २५ वर्षीय रचना उर्फ सन्जित नेपाली
माथि शंका लागेपछि रितपूर्वक खानतलासी गर्दा उक्त मादक पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूले लुकाई–छिपाई ल्याएको अवस्थामा लागुऔषध भेटिएपछि दुवैजनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवैलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मकवानपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan