Search
Close this search box.

कैलाशमा सकियो लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान


कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सोमबार सकिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियान कार्यक्रम समापन भएको हो ।
कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा जेष्टनागरिक शाखा प्रमुख रमिला सापकोटाले बताईन् । कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थी लक्षित अभियान सञ्चालन गरेका थियौं, करिब पाँच सय विद्यार्थीलाई अभियानमा प्रत्यक्ष संलग्न गरियो, उनले भनिन् ।
सोमबार वडा २ मा रहेको कमलादेवी माविका अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक एंव वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङको प्रमुख आतिथ्यता अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिसिङले शिक्षा भनेको तेस्रो आँखा हुन्, शिक्षा बिना केही पनि गर्न नसक्ने बताए । बाल विवाहले विकराल रुप लिदैँ गइरहेको अवस्थामा बालबालिकालाई बालविवाह कानुनी अपराध हो भनेर बुझ्नुपर्ने बताए ।
उनले बालविवाह मात्र नभई हाम्रो समाजमा प्रविधिको दुरुपयोगले हिंसाको घटना पनि बढिरहेको अवस्था रहेका बताए ।सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका रहिरहेकाले बालबालिका त्यसतर्फ सजग बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटा, विद्यालयका राम यकवाल यादव, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
सोमबारै कैलाश ६ मा अवस्थित व्यास माविका विद्यार्थीहरुको सहभागितामा अभियान सञ्चालन गरि कार्यक्रमको समापन गरिएको हो । उक्त विद्यालयमा विद्यालयका सहायक प्रअ प्रकाश परियार, शिक्षक प्रेमबहादुर नेगी लगायतको आतिथ्यता रहेको थियो । यस अघि कैलाश १० मा रहेको रत्नज्योति मावि, कैलाश ३ को भवानी मावि र कैलाश ८ को धुवाङ माविका विद्यार्थीहरुलाई प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल भावका साथ कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख सापकोटाले बताईन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan