हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रुपमा नदीजन्य पदार्थ (ढुंगा/बालुवा) उत्खनन तथा ओसार–पसार रोक्न चलाएको विशेष अभियानअन्तर्गत १३ वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा अनुगमन गर्ने क्रममा अवैध उत्खनन तथा ढुवानीमा संलग्न रहेका ट्याक्टरहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको हो।
हेटौंडा -११ थानाभर्याङ,चौकीटोल,चौघडा,पशुपतिनगर र मकवानपुरगढीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका ट्याक्टरहरु ना.५ त ७१८६,प्रदेश २–०३–००१ त ४१०८, ना.६ त ३५६६, ना.६ त ९८९९, ना.७ त १३३, ना.४ त ४०४९,प्र.२–०३–००१ त ६४८०, बा.प्र.०३–००१ त ३९९, ना.७ त २०६४, ना.३ त १४७५, बा.प्र.०३–००१ त ४७४,बा.प्र.०३–००१ त ४४४ प्र.२–०३–००१ त ६७६८ रहेका छन् ।
प्रहरीले अवैध उत्खनन वातावरण, नदीको संरचना तथा जोखिम व्यवस्थापनमा गम्भीर असर पार्ने भएकाले कडाइका साथ निगरानी तथा कारबाही जारी रहने जानकारी दिएको छ।
