Search
Close this search box.

हेटौँडामा २२ वर्षीय युवक खैरो हेरोइनसहित पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा–९ का २२ वर्षीय सुमित थापा मगरलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ। बिहीबार साँझ करिब ५:१५ बजे हेटौँडा–५, सानोपोखराबाट उनलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार थापाले प्रयोग गरिरहेको ना २३ प ४३४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। उनीसँग २४ पोका बनाएर राखिएको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले बताएको छ।

पछिल्लो समय जिल्ला प्रहरीको लागूऔषध नियन्त्रण अभियान तीव्र बनेसँगै खैरो हेरोइनसहित युवाहरू पक्राउ पर्ने घटना बढ्दै गएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan