Search
Close this search box.

मनहरीमा काँग्रेस जनप्रतिनिधि र वडा सभापतिहरु सम्मानित

हेटाैँडा- नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेकाे छ । शनिबार मनहरीमा एक कार्यकमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाद्धारा सम्मान प्रदान गरिएकाे हाे ।

नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीकाे तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरुलाई सम्मान गरिएकाे हाे । कार्यक्रमकैबश्रच नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाईसमेत सम्मान गरिएकाे थियाे । कार्यक्रमकैबीच पार्टीका पालिकास्तरीय नेता कार्यकर्ताकाे भेलाका साथै पार्टीकाे गतिविधिबारे समीक्षासमेत गरिएकाे थियाे । पार्टीकाे आगामी महाधिवेशन सफल बनाउनेबारे पनि छलफल भएकाे थियाे ।

कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग १० जना कांग्रेसमा प्रवेश गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति प्रदेश सभापति ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवम् पार्टी मकवानपुर सभापति वुद्ध लामा, पार्टी बागमती प्रदेश सदस्य एवम् पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, पार्टी प्रदेश सदस्य जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदिप काेइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लाेकतान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच मुख्यमन्त्री बानियाँले मनहरीमा अबस्थित मनकामना मन्दिर संरक्षण र पूननिर्माणका लागि मन्दिर ब्यवस्थापन समितिलाई व्यक्तिगत रुपमा नगद ७५ हजार रुपैयाँ सहयोगसमेत गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan