Search
Close this search box.

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

हेटौंडा । नागरिक सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका छन्।

घिसिङले राजीनामा पेश गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन पनि गरेका छन्।

भदौ ३० गते जेनजी आन्दोलनको प्रभावमा गठन भएको गैरदलीय सरकारमा मन्त्री नियुक्त भएका घिसिङलाई सामाजिक सञ्जाल र जनस्तरमा राजनीतिक गतिविधिसँग संलग्न भएको भन्दै राजीनामा दिन दबाब आएको थियो। प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक रहँदै उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan