Search
Close this search box.

जेन्जी आन्दोलनका क्रममा हेटौंडाको बाल सुधार गृहबाट भागेका ७ अझै फरार

हेटौंडा । हेटौंडा–११ स्थित बाल सुधार गृहबाट जेन्जी आन्दोलनका क्रममा भागेका ७ जना बालक कैदिबन्दी अझै पनि फेला पर्न बाँकी रहेका छन्।

३५ जना बालकको मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल ८४ जना बालक राखिएका छन्। तीमध्ये ४२ जना कैद सजाय तोकिएका बालक हुन् भने बाँकी ४२ जना कैद नतोकिएका थुनुवाका रूपमा रहेका छन्।

सुधार गृहमा १८ वर्षभन्दा माथिका २७ जना बालकसमेत रहेका छन् । बाल सुधार गृहमा रहेका बालकहरूलाई उनीहरूले अध्ययन गरेको कक्षा अनुसार वार्षिक परीक्षा दिने व्यवस्था मिलाइएको छ। औपचारिक अध्ययन नगरेका बालकहरूका लागि भने सुधार गृहभित्रै पढेका बालकहरूले सामूहिक रूपमा कक्षा सञ्चालन गर्ने  गरिएको छ।

प्रहरी सहायक हवल्दार सुनिता मुडवरीका अनुसार सीमित क्षमता भए पनि सुधार गृहमा शैक्षिक गतिविधि निरन्तर सञ्चालनको प्रयास गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan