Search
Close this search box.

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

हेटौँडा । गजल मञ्च मकवानपुरद्वारा प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको साहित्यिक श्रृंखला ‘गजल यात्रा’ को २३२ औँ शृंखला शनिबार हेटौँडामा भव्यतापूर्वक सम्पन्न भएको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा साहित्यप्रेमी, गजलकार तथा स्रष्टाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरे प्रमुख अतिथि र महाकाव्यकार मुना अर्याल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा अग्रज साहित्यकार रमेशमोहन अधिकारी, मञ्चका संरक्षक तथा सल्लाहकार मुक्त गोविन्द बैद्य, सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, लघुकथाकार समीर पाख्रिन, पूर्व अध्यक्षहरू मुस्कान तिमल्सिना र देवराज तिवारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव समर्पणलगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी. वी. बर्त्तौला, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेल, लघुकथा चौतारी नेपाल मकवानपुरका अध्यक्ष किशन पौडेल, जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत, गजलकारहरू सानू खनाल, सुवास सजल, मिथिला अधिकारी तथा संगीतकार प्रमेन्द्र महर्जनको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित गजल वाचनमा अनशुया खनाल, सुजन विश्वकर्मा, चिरञ्जीवी लामिछाने, राजकुमार चौधरी, सुवास सजल, मिथिला अधिकारी, केशव समर्पण, किशन पौडेल, देवराज तिवारी, सानू खनाल र डी. वी. बर्त्तौलालगायत एक दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए ।

विशिष्ट अतिथि मुना अर्याल र प्रमुख अतिथि तुलसी घिमिरेले प्रस्तुत गर्नुभएको सशक्त गजलले कार्यक्रमलाई थप उचाइ प्रदान गरेको थियो । कार्यक्रमको प्रारम्भमा गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्दै गजल यात्राको ऐतिहासिक निरन्तरता र यसको साहित्यिक महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको औपचारिक सञ्चालन मञ्चका सचिव कमल नेपालले गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौँडामा गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan