हेटौँडा- हेटाैँडा-९ मा रहेकाे कृष्ण आदर्श इंलिस बाेर्डिङ स्कुलले हेटाैँडा उपमहानगरस्तरीय भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।
शनिबार भएकाे फाइनल खेलमा हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई २–१ को सेटमा पराजित गर्दै कृष्णआदर्शले उपाधि जितेको हो ।
पहिलो सेटमा २४–२६ मा पछि परेकाे कृष्णआदर्शले दोस्रो र तेस्रो सेट क्रमशः २५–२२ र १५–६ मा जितेकाे थियाे । यसअघि शनिबार बिहान भएको सेमिफाइनल खेलमा ज्योति माध्यमिक विद्यालयले जीएस निकेतनलाई २५–१३, २२–२५ र १५–९ को सेटले पराजित गरेको थियो । यस्तै कृष्ण आदर्शले ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २५–२३ र २५–१७ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा प्रतियोगिता भएकाे थियाे । प्रतियाेगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।


